हावाबाट तिब्र गतिमा सर्ने भियतनाममा भेटियो खतरनाक भेरियन्ट

हावाबाट तिब्र गतिमा सर्ने भियतनाममा भेटियो खतरनाक भेरियन्ट
Share this

कोरोना भाइरसको नयाँ भेरियन्ट भियतनाममा भेटिएको छ। हावाबाट तिब्र गतिमा सर्न सक्ने बताइएको स्वास्थ्य अधिकारीहरूले उक्त भेरियन्टलाई बेलायती र भारतीय भेरियन्टको मिश्रण भनेका छन्। भियतनामका स्वास्थ्यमन्त्री गुयन थान लोंगले कोरोनाको उक्त भेरियन्ट निकै खतरनाक पाइएको बताए।

भाइरसको प्रकृतिमा प्रशस्त फेरबदल देखिए पनि तीमध्ये कुनै कम संक्रामक हुन्छन् भने कुनै अधिक संक्रामक हुने गर्छन्। बितेको एक वर्षमा कोरोना भाइरसका हजारौं म्युटेसन पत्ता लागिसकेको छ।

‘भियतनाममा पत्ता लागेको भाइरसमा बेलायती र भारतीय गरी दुवै भेरियन्टका विशेषता देखिएका छन् मन्त्री लोंगलाई उधृत गर्दै बिबिसीले भनेको छ। उनका अनुसार‚ कोरोनाको यो भेरियन्ट यसअघि पत्ता लागेका भेरियन्टका तुलनामा अधिक संक्रामक छ। उक्त नयाँ भेरियन्ट हावाको माध्यमबाटै फैलन सक्ने पाइएकाले यसलाई खतरनाक भनिएको छ।

नयाँ संक्रमितहरूको परीक्षणका क्रममा उक्त नयाँ भेरियन्ट पुष्टि भएको हो। मन्त्री लोंगले उक्त भाइरसको ‘जेनेटिक कोड’ चाँडै सार्वजनिक गरिने बताए।

केही महिनायता भियतनाममा कोरोना संक्रमणको केसमा वृद्धि भएको छ। अहिलेसम्म ६ हजार ७ सय जनामा संक्रमण देखिएकोमा आधाजसो एक महिनायता थपिएका हुन्। जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भियतनाममा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ।

अन्तिम अपडेट: 2021-May-30 समय 4:59 PM

234 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com