राष्ट्रिय सभाको उपनिर्वाचन बहिष्कार नेपालगञ्ज उपमहानगरका मेयर राणा द्धावारा

राष्ट्रिय सभाको उपनिर्वाचन बहिष्कार नेपालगञ्ज उपमहानगरका मेयर राणा द्धावारा
Share this

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका मेयर धवल शमशेर राणाले राष्ट्रियसभाको उपनिर्वाचन बहिस्कार गरेका छन्। कोरोना महामारीसँग जुध्ने अहिलेको प्राथमिकता भएको भन्दै उनले मतदानमा भाग नलिएका हुन्।

उहाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन। अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाइलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु।’

राणा राप्रपाबाट नेपालगञ्जको मेयर चुनिएका हुन्। बागमती प्रदेशमा भएको उपनिर्वाचनमा राप्रपाले एमाले ओली समूहका उम्मेदवार रामबहादुर थापा (बादल)लाई समर्थन गरेको थियो।

माओवादी केन्द्रबाट विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा रिक्त भएको एक पदका लागि लुम्बिनी प्रदेशमा आज उप चुनाव गरिएको छ।

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार छन्। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का प्रतिस्पर्धामा छन्।

अन्तिम अपडेट: 2021-May-31 समय 11:05 AM

175 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com