हरेक दिन एक करोड जनालाई आउँदो जुलाई वा अगस्टदेखि खोप दिने भारतको लक्ष्य

हरेक दिन एक करोड जनालाई आउँदो जुलाई वा अगस्टदेखि खोप दिने भारतको लक्ष्य
Share this

भारतले खोपको उपलब्धता बढाएर आउँदो जुलाई वा अगस्टदेखि हरेक दिन एक करोड जनालाई कोरोनाविरुद्धको खोप दिने तयारी गरेको छ ।

कोरोनाविरुद्धको खोपका लागि गठन गरिएको टास्क फोर्सका अध्यक्ष डाक्टर एनके अरोडाले अगस्टसम्ममा भारतमा नै उत्पादन भएको २५ करोड खोप उपलब्ध हुन सक्ने बताउनु भएको छ । यही जुन महिनाको अन्त्यसम्ममा सिरम इन्स्टिच्युट अफ इण्डियाले खोप उत्पादन ५० प्रतिशतले बढाउने तयारी गरेको उहाँले बताउनु भएको छ ।
यसपछि खोप उत्पादक कम्पनीले प्रतिमहिना १० देखि १२ करोड खोप उत्पादन गर्न सक्ने उहाँको भनाइलाई उदृत गर्दै बीबीसी जनाएको छ । त्यस्तै, विदेशी कम्पनीका फाइजर र मोडर्नासँगै रुसको स्पुतनिक भी पनि आपूर्ति गरिने हुँदा आउँदो अगस्टसम्ममा भारतमा २० देखि २५ करोड डोज खोप उपलब्ध हुने खबरमा उल्लेख गरिएको छ । भारतमा केही दिनयता कोरोना भाइरसको सङ्क्रमणदर घट्दै गएको छ ।

अन्तिम अपडेट: 2021-June-01 समय 10:46 AM

33 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media