निषेधाज्ञा खुकुलो पार्ने तयारी काठमाडौंमा

निषेधाज्ञा खुकुलो पार्ने तयारी काठमाडौंमा
Share this

कडाइपूर्वक लागू गरिएको काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो पार्ने तयारी भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूबीच यसबारे छलफल भइरहेकाे काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए। निषेधाज्ञा भने एक साता थप्नेगरी छलफल भएको उनले बताए।

अझै कोरोना जोखिम छ उहाले भनुभयो संक्रमणदर केही घटेपनि मृत्युदर घट्न सकेको छैन, त्यसैले एक साता निषेधाज्ञा थप्ने विषयमा छलफल भएको छ, निषेधाज्ञा थपिएपनि खाद्यान्न पसल खोल्न दिनेलगायत केही क्षेत्रमा सहजीकरण गर्ने भन्ने कुरा भएको छ, निर्णय भने बैठकमार्फत नै गरिनुपर्छ।

तीनवटै जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको बैठकले गत शनिबार १४ गतेबाट निषेधाज्ञामा कडाइ गरेको थियो।
अहिले खाद्यान्न पसल समेत खोल्न दिइएको छैन। सार्वजनिक र इन्टरनेट सेवा प्रदायकको गाडी समेत दिउँसोको समयमा चलाउन रोक लगाएको छ। जारी निषेधाज्ञा २० गते सकिँदैछ।

 

अन्तिम अपडेट: 2021-June-01 समय 11:22 AM

263 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com