अध्यक्ष यादवलाई ठाकुर पक्षले साधारण सदस्यबाटै निकाल्याे

अध्यक्ष यादवलाई  ठाकुर पक्षले साधारण सदस्यबाटै निकाल्याे
Share this

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेका छन्।

अध्यक्ष ठाकुर पक्षकाे आज बसेकाे बैठकले अध्यक्ष यादवलाई पार्टीकाे साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेकाे एक नेताले बताए। अध्यक्ष यादवलाई पार्टी विपरीत चलेपछि पार्टीबाट निस्कासन गर्न निर्णय गरेका छाैँ’ एक नेताले भने।

साेमबार अध्यक्ष यादव पक्षकाे बैठकले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निस्कासन गरेकाे थियो। अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता द्वय लक्ष्मणलाल कर्ण र शर्वेन्द्रनाथ शुक्ललाई पार्टी सदस्यबाटै निस्कासन गरेको थियो।
अध्यक्ष यादवसहितका चार नेता निष्कासन गरेकाे पत्र निर्वाचन आयाेगमासमेत पठाइसकेको छन्। दुवै पक्षले एकले अर्काे समूहलाई कारबाहीकाे लागि स्पष्टीकरण साेधेकाे थियो।

अन्तिम अपडेट: 2021-June-01 समय 4:47 PM

59 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media