बितेको २४ घण्टामा भारतमा कोरोनाबाट ३२ सयभन्दा बढीको मृत्यु

बितेको २४ घण्टामा भारतमा कोरोनाबाट ३२ सयभन्दा बढीको मृत्यु
Share this

बितेको २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण भारतमा ३ हजार २०७ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यस अवधिमा कोरोनाका १ लाख ३२ हजारभन्दा धेरै नयाँ संक्रमित भारतमा थपिएका छन् ।
योससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ८३ लाख ७ हजार नाघेको छ । कोरोना संक्रमणको कारण अहिलेसम्म ३ लाख ३५ हजार १०२ जनाको मृत्यु भइसकेको छ ।
बितेको २४ घण्टामा भारतको तामिलनाडुमा २६ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने केरलामा १९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । महाराष्ट्र तथा कर्नाटकमा नयाँ संक्रमितको संख्या १४ हजारभन्दा धेरै छ ।
भारतमा अहिलेसम्म २१ करोड ८५ लाख ४६ हजारडोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।

 

अन्तिम अपडेट: 2021-June-02 समय 12:37 PM

83 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media