अण्डाको माग बढ्दो, उत्पादनमा भने १५ प्रतिशतले ह्रास

अण्डाको माग बढ्दो, उत्पादनमा भने १५ प्रतिशतले ह्रास
Share this

अण्डाको माग अहिले बढ्दो छ । तर बढ्दो माग अनुसारको उत्पादन नहुँदा माग धान्न कठिनाइ भएको परेको छ।

यतिबेला दैनिक २५ देखि ३० लाख वटा अण्डा उत्पादन हुने गरेको छ भने माग ३५ देखि ४० लाख वटासम्म रहेको छ । कोरोना सङ्क्रमणका समयमा रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि अण्डाको उपभोग बढेकाले पनि माग बढ्दै गएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ ।रानीखेत र गर्मीमा लाग्ने रोगका कारण अण्डा उत्पादनमा भने कमी आएको छ ।
नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार गएको वर्ष ३५ देखि ४० लाख वटा अण्डा उत्पादन हुने गरेकोमा हालको उत्पादनमा १५ प्रतिशतले ह्रास हो । अण्डाको माग अनुसार उत्पादन नभएपछि भाउ बढेको छ । कुखुरालाई दिने दानाको मूल्य बढेकाले अण्डाको पनि भाउ बढेको सङ्घका महासचिव प्रविन केसीले बताउनु हुन्छा ।
दानाको मूल्य बढेकाले अण्डाको भाउ बढे पनि किसानले भने फाइदा लिन सकेका छैनन् । नेपाल कुखुराजन्य पदार्थमा आत्मनिर्भर रहेको छ।

अन्तिम अपडेट: 2021-June-03 समय 10:46 AM

122 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com