मेलम्चीको पानी अब दुई महिना वितरण नहुने

मेलम्चीको पानी अब दुई महिना वितरण नहुने
Share this

मेलम्चीको पानी दुई महिना अब नआउने भएको छ। आगामी असार १ गतेदेखि करिब दुई महिनासम्म काठमाडौं उपत्यकामा पानी वितरण राेक्न लागिएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाश कुमार राईले सुरुङमार्गको परीक्षण गर्न पानी बन्द गर्न लागिएको जानकारी दिए।

उहा अनुसार सुरुङमार्ग परीक्षणका लागि खाली गर्न मात्र १५ दिन लाग्ने छ। त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर त्यहाँको अवस्था अध्ययन गर्नेछन्। उहाले भनुभयो सुरुङ परीक्षणका क्रममा केही समस्या आएमा तुरुन्तै त्यसको समाधान गर्ने पनि जानकारी दिए।

सुरुङ परीक्षण गर्न समय दुई महिना लाग्छ लगभग दुई महिना पानी नआउने कुरा उहाले बताउनु भयो।
गएको चैत १५ देखि उपत्यकामा पानी वितरण थालिए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले चैत २० गते पानी वितरणको औपचारिक उद्घाटन गरेकी थिइन्। त्यसपश्चात मेलम्चीबाट दैनिक १७ करोड लिटर ल्याएर उपत्यकाका विभिन्न ठाउँमा वितरण भइरहेको थियो।

अन्तिम अपडेट: 2021-June-03 समय 2:38 PM

250 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com