आज एकैदिन सुनको भाउ तोलामा पन्ध्र सय रुपैयाँले घट्यो

आज एकैदिन सुनको भाउ तोलामा पन्ध्र सय रुपैयाँले घट्यो
Share this

आज सुनचाँदीको भाउ घटेको छ । सुनकाे भाउ एकैदिन तोलामा पन्ध्र सय र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज तोलामा ९३ हजार चार सय रुपैयाँ तोकेको छ । सुनकाे भाउ हिजो तोलाको ९४ हजार नौ सय रुपैयाँ थियो ।

गत आइतवार सुन तोलाको ९४ हजार रुपैयाँ थियो । सोमवार दुई सय रुपैयाँले बढेर तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन मङ्गलवार तीन सय रुपैयाँले बढेर ९५ हजार पाँच सय रुपैयाँ पुगेको थियो । बुधवार सुनको भाउ स्थिर रहेर तोलाको ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
हिजो तोलामा चार सय रुपैयाँ बढेर ९४ हजार नौ सय पुगेको भाउ आज एकैदिन पन्ध्र सय रुपैयाँले घटेको हो । यस्तै, चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ घटेको छ । आज चाँदीको भाउ तोलाको १३ सय ४० रुपैयाँ तोकिएको छ । चाँदी हिजो तोलाको १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । गएको आइतवार चाँदी तोलाको १३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तिम अपडेट: 2021-June-04 समय 11:41 AM

77 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media