विश्वकप छनोटबाट बाहिरियो, नेपाल जोर्डनसँग ३–० ले पराजित

विश्वकप छनोटबाट बाहिरियो, नेपाल जोर्डनसँग ३–० ले पराजित
Share this

विश्वकप र एसियन कप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भयो।

जोर्डनको जितमा बाहा फाइजल सिफले दुई र याजन अल अरबले एक गोल गरे । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई लडाएपछि पाएको पेनाल्टीमार्फत खेलको २४ औं मिनेटमा जोर्डनले गोलको सुरुवात गरेको थियो ।
त्यसपछि ४९ औं मिनेटमा बाहा फाइजलले र ६७ औं मिनेटमा याजनले गोल गरे । यसअघि गएको अक्टोबरमा पहिलो चरणको खेलमा घरेलु मैदानमा पनि जोर्डनले नेपाललाई ३–० गोलले नै हराएको थियो ।
हारसँगै नेपालको विश्वकप छनोटको सम्भावना सकिएको छ । एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने आशा भने गणितीय रुपमा कायमै रहेको छ ।

एसियन कपको तेस्रो चरणमा पुग्न नेपालले आउँदो शुक्रवार अष्ट्रेलियासँगको खेले जित्नैपर्ने हुन्छ ।

अन्तिम अपडेट: 2021-June-08 समय 8:33 AM

244 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com