८ सय भन्दा धेरै व्यक्ति पक्राउ, विश्वमा संगठित अपराधविरूद्धको अपरेशनमा एप प्रभावकारी

८ सय भन्दा धेरै व्यक्ति पक्राउ, विश्वमा संगठित अपराधविरूद्धको अपरेशनमा एप प्रभावकारी
Share this

अमेरिकाको संघीय जाँच ब्युरो एफबीआईले एपमार्फत ८ सय भन्दा धेरै अपराधीलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।
कुनै पनि म्यासेजहरु गोप्य हुने एएनओएम नामक एपमार्फत विश्वरभरिबाट विभिन्न अपराधमा संलग्न ८ सय भन्दा धेरैलाई पक्राउ गरेको एफबीआईलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिका, अष्ट्रेलिया र युरोपियन युनियनका अधिकारीले बनाएको यस एपका म्यासेजहरु गोप्य हुने विशेषताका कारण अपराधमा संलग्नहरुले यो एप चलाउने क्रम बढेको छ ।

अपराधीहरुले एप प्रयोग गर्न थालेपछि अधिकारीहरूले उनीहरूका कुनै पनि योजनाबारे थाहा पाउन थालेका थिए । म्यासेजको आधारमा अहिलेसम्म अष्ट्रेलियामा २२४, न्युजिल्यान्डमा ३५, स्विडेनमा ७५, जर्मनीमा ६०, नेदरल्यान्डस्मा ४९ जनालाई पक्राउ गरिएको छ । यो अपरेशन विश्वभरिका संगठित अपराधविरूद्ध ठूलो प्रहार भएको खबरमा उल्लेख छ ।
त्यस्तै, उनीहरुको साथबाट ठूलो मात्रामा लागु औषधसहित १४ करोड ८० लाख डलर पनि बरामद गरिएको बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: 2021-June-09 समय 7:24 AM

45 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media