जनताले आफ्नो दायित्व निर्वाह गर्न आवश्क छ। राजेश हमाल

जनताले आफ्नो दायित्व निर्वाह गर्न आवश्क  छ।  राजेश हमाल

नेपाली चलचित्र उधोगका महानायक राजेश हमालले सामाजिक संजालको माध्यमबाट देशको अहिलेको राजनीतिक घटनाक्रम, समसामयिक तथा विभिन्न बिषयमा आफ्नो भनाईलाइ सार्वजनिक गर्दै आएका छन् । दोश्रो चरणको कोरोनाका कारण संक्रमितहरु बढेपछि राज्यले अपेक्षाकृत रुपमा काम गर्न नसकेपछि केही दिन अगाडि राजेशले आफ्नो भनाइबाट असन्तुष्टी व्यक्त गरेका थिए ।

चलचित्र ‘सत्यम्’को छायांकनको प्रतिक्षामा रहेका नायक राजेश हमालले सामाजिक संजालमा आफ्नो भनाई राख्दै लोकतन्त्रमा जनता बोल्ने र नेताले सुन्ने गर्नुपर्ने उल्लेख गरेका छन् । तर, कतै यो नेपालमा भने विपरित त भैरहेको छैन भनेर राजेशले शंका समेत व्यक्त गरेका छन् । उनले, जनताले यस्तो समयमा आफ्नो दायित्व निर्वाह गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।
नेपालको राजनीतिक अवस्थाले जनताको जीवन झनै कष्ठकर बनिरहेको समयमा नायक हमालले नेपालमा जनताले बोल्नुपर्ने अवस्थामा नेताले बोल्ने र जनताले सुन्ने गर्नुपर्ने अवस्था श्रृजित भएको उल्लेख गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *