कोरोनाको तेस्रो लहर बेलायतमा देखिने उच्च जोखिम, सङ्क्रमण दर ७४ प्रतिशतले बढ्यो

कोरोनाको तेस्रो लहर बेलायतमा देखिने उच्च जोखिम, सङ्क्रमण दर ७४ प्रतिशतले बढ्यो

बेलायतमा कोरोनाको तेस्रो लहर देखिने उच्च जोखिम बढेको छ । कोरोनाको सङ्क्रमण अहिलेकै गतिमा बढ्दै जाने हो भने बेलायतमा कोभिड-१९ को तेस्रो लहरको भुमरीमा पर्न सक्ने सरकारका सल्लाहकार समेत रहेका क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक रवि गुप्ताले बताउनुभएको छ ।

प्राध्यापक गुप्ताका भनाइ अनुसार सुरुमा देखिँदा जुनसुकै भेरियन्ट पनि सानो सङ्ख्यामा नै देखा परेका र तिनै सानोबाट नै धेरैमा फैलिन सक्ने अवस्था हालको जस्तै हुनसक्नेछ । बेलायतमा दुई महिनाअघि भेटिएको भनिएको भेरियन्टलाई निकै खतरनाक मानिएको छ । बेलायतमा बितेको एक हप्तामा कोरोना सङ्क्रमण दर ७४ प्रतिशतले बढेको छ ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड साेसल केयर’ ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बितेको २४ घण्टामा ७ हजार ५ सय ४० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यो सङ्क्रमण दर गएकाे फेब्रुअरी २६ यताकै सबैभन्दा उच्च हो । गएको फेब्रुअरी २६ मा ८ हजार ५ सय २३ जनामा सङ्क्रमण देखिएको थियो । बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या ४५ लाख ३५ हजार ७ सय ५४ पुगेको छ ।
बेलायतमा ६ करोड ९२ लाख ५१ हजारभन्दा बढी डोज खोप वितरण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *