मैत्रीपूर्ण खेलमा पोर्चुगलले चार गोलले हरायो इजरायललाई

मैत्रीपूर्ण खेलमा पोर्चुगलले चार गोलले हरायो इजरायललाई
Share this

युरोकपअघिको मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले इजरायललाई हराएको छ । हिजोराति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गाेलले हराएको हो ।

पोर्चुगलको जितमा ब्रुनो फर्नान्डेजले दुई र क्रिस्टियानो रोनाल्डो र क्यान्सेलोले एक/एक गोल गरे । ४२ औं मिनेटमा पहिलो गोल गरेको पोर्चुगलले ४४ औं मिनेटमै दोस्रो गोल थपेको थियो ।
युरोकप फुटबलमा पोर्चुगलले आफ्नो पहिलो खेल आउँदो मङ्गलवार हङ्गेरीसँग खेल्नेछ ।

अन्तिम अपडेट: 2021-June-10 समय 7:35 AM

221 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com