प्रदेश-२ मा नेपाली कांग्रेस सरकारमा सहभागी, तीन जना मन्त्रीले लिए शपथ

प्रदेश-२ मा  नेपाली कांग्रेस सरकारमा सहभागी, तीन जना मन्त्रीले  लिए शपथ

प्रदेश-२ नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री लालबाबु राउतले हिजो कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार, यातायात, ओमप्रकाश शर्मा ऊर्जा विकास तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बन्नुभएको छ ।
कांग्रेसलाई सरकारमा सहभागी गराउनकै लागि सात वटा मन्त्रालय टुक्राएर ११ वटा पुर्याइएको छ । मन्त्रालयको भागबन्डामा कुरा नमिल्दा नेकपा माओवादी केन्द्र भने सरकारमा सहभागी भएन । केन्द्रमा जनता समाजवादी पार्टी विभाजन नजिकै पुगेको असर प्रदेश सभामा पनि देखिएको छ ।

केन्द्रमा अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा गएको छ, त्यसको विरोधमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले प्रदेश-२ मा ठाकुर पक्षका मन्त्री हटाएर कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *