बूढानीलकण्ठ नगरपालिकाले आज ६० देखि ६४ वर्षका नागरिकलाई खोप लगाउने

बूढानीलकण्ठ नगरपालिकाले आज ६० देखि ६४ वर्षका नागरिकलाई  खोप लगाउने

काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकाले स्थगित खोप कार्यक्रम फेरि आज सुरु गर्ने भएको छ । सीमित खोप आएकाले ६० देखि ६४ वर्ष उमेर समूहलाई आज फेरि खोप लगाइने नगरपालिकाले जनाएको छ ।

खोप आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै दिइनेछ । खोपका लागि उमेर खुल्ने सरकारी कागजात लिइ खाेप केन्द्रमा जान र लक्षित समूहबाहेकलाई खोप लगाउन नजान पनि नगरपालिकाले आग्रह गरेको छ ।
खोप केन्द्र बूढानीलकण्ठ नगरपालिका २ मा रहेको गणेश चोक र वडा नम्बर १० मा रहेको बालउद्धार माविमा राखिएको छ । गएको सोमवार र मङ्गलवार नगरपालिकाका एक हजार नाै सय आठ जनालाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाइएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *