नैनकला थापालाई सरकारकाे प्रवक्ताको जिम्मेवारी

नैनकला थापालाई सरकारकाे प्रवक्ताको जिम्मेवारी

सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई दिइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
सरकारले प्रायजसो सञ्चार मन्त्रीलाई नै प्रवक्ताको जिम्मेवारी दिने गरेको छ । थापा बिहीवार नै सञ्चार मन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्री ओलीले बिहीवार सात मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको हो ।
मन्त्री थापा यसअघि राष्ट्रिय महिला आयोगको अध्यक्ष हुनुहुन्थ्यो । उहाँ निवर्तमान गृह मन्त्री रामबहादुर थापाकी पत्नी हुनुहुन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *