जित गुमायो डेनमार्कले

जित गुमायो डेनमार्कले

युरोकप फुटबलको पहिलो खेलमा डेनमार्क पराजित भएको छ । हिजोराति भएको खेलमा डेनमार्क फिनल्याण्डसँग १ –० गोल अन्तरले पराजित भएको हो । डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सन मैदानमा बेहोस भएर लडेपछि करिब डेढ घण्टा खेल रोकिएको थियो ।
उनको होस आएपछि खेल फेरि सुरु गरिएको थियो । पहिलो हाफको ४३ औं मिनेटमा रोकिएको खेल फेरि त्यहीदेखि सुरु गरिएको थियो । खेलको ५९ औं मिनेटमा फिनल्याण्डका जोल पोहान्पालोले गरेको गोल नै निर्णायक बन्यो । जितसँगै फिनल्याण्डले समूहमा ३ अङ्क जोडेको छ । खेलको ७३ औं मिनेटमा डेनमार्कले पेनाल्टी पाए पनि गोल गर्न असफल भए ।
डेनमार्कले गएरातिको खेलमा जित गुमाए पनि आफ्नो खेलाडीलाई भने बचाएको छ । मैदानमा बेहोस भएर लडेका एरिक्सनको अस्पतालमा उपचार भइरहेको डेनिस फुटबल एसोसिएशनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *