साउदी अरबले हजमा तीर्थयात्रीका लागि यसपालि ६० हजारलाई मात्रै अनुमति दिने

साउदी अरबले हजमा तीर्थयात्रीका लागि यसपालि ६० हजारलाई मात्रै अनुमति दिने

साउदी अरबले हजका लागि जाने तीर्थयात्रीका लागि मापदण्ड तोकेको छ । मापदण्ड तोक्दै साउदीले अरबले यसपालि ६० हजारभन्दा धेरैलाई हजमा नपठाउने निर्णय गरेको छ । विश्वभरि नै कोरोना भाइरसको सङ्क्रमणमा रोकथाम नआएकाले यस निर्णय गरिएको साउदी अरबले जनाएको छ । तर, हजका लागि जाने तीर्थयात्रीको स्वास्थ्य र सुरक्षाका लागि थप निर्णय हुन सक्ने बीबीसीले उल्लेख गरेको छ ।
मापदण्ड अनुसार यसपालि भने१८ देखि ६५ वर्ष उमेर समूहका नागरिक मात्रै हजका लागि जान पाउने छन् । त्यसैगरी हजमा जानेले कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनु पर्नेछ । गम्भीर खालको रोग लागेको वा बिरामी परेकाहरु हज जान पाउने छैनन् । यो पालिको हजका लागि साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको छ ।
आउँदो जुलाईको मध्यदेखि हज यात्रा सुरु हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *