धरहरामा गएर राजेशले काटे केक

धरहरामा गएर राजेशले काटे केक

गत वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए । तर, धरहराको काम भने बाकी नै रहेको छ।यद्दपी सर्वसाधारणका लागि धरहरा चढ्न खुल्ला गरिएको छैन ।
नेपाली चलचित्रका सफल नायक राजेश हमालले बुधबार परेको आफ्नो जन्मदिन फरक तरिकाले मनाए । जन्मदिनको केक काट्नका लागि उनले धरहरालाई रोजेका छन् । धरहराको टुप्पोमा पुगेर काठमाडौं नियाल्दै नायक राजेश हमालले केक काटेका छन् । हमालले केक काट्ने क्रममा उनकी पत्नी मधु भट्टराई पनि उनको साथमा नै रहेको देख्न सकिन्छ ।
धरहरामा काम गर्ने मजदुरहरुको हौसला बढाउनका लागि भन्दै हमालले धरहराको टुप्पोमा पुगेर केक काटेका हुन् । उनले केक काटेर धरहरा निर्माणमा खटिएका मजदुरहरुसँग खुसी साटेका थिए ।
नायक हमालले बुधबार बिहानै मन्दिर पुगेर पूजा गरेका थिए भने बेलुकी उनले परिवारसँग जन्मदिनको सेलिब्रेशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *