आपत्तीजनक अभिव्यक्ति दिएको भन्दै मनाङेलाई कारबाही गर्न राखेपको माग

आपत्तीजनक अभिव्यक्ति दिएको भन्दै मनाङेलाई कारबाही गर्न राखेपको माग

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले आपत्तीजनक अभिव्यक्ति दिएको भन्दै विरोध जनाएको छ ।
समाजले पचाउन नसक्ने शब्द राखेप सदस्यसचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति अमर्यादित असभ्य टिप्पणी गरेको भन्दै राखेपले मनाङेलाई कानुनअनुसारको कारबाही गर्न माग गरेको छ ।
‘प्रदेश मन्त्रीजस्तो सार्वजनिक र महत्वपूर्ण जिम्मेवारी सम्हालेका व्यक्तिबाट कसैप्रति यस्तो अभिव्यक्ति आउनु भत्र्सनायोग्य कुरा हो राखेपका निमित्त सदस्यसचिव पुरेन्द्रविक्रम लाखेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘माननीय मन्त्रीज्यूबाट समाजले पचाउन नसक्ने शब्दमा राखेप सदस्यसचिव र बोर्ड सदस्यप्रति अमर्यादित र भद्द टिप्पणी आउनु खेदजनक छ । यसले सम्पूर्ण नेपाली खेलकुदको अपमान भएको महसुस हामीले गरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *