२७ सय ४५ जनामा थप संक्रमण, संक्रमणमुक्त ४१ सय ८७ जना

२७ सय ४५ जनामा थप संक्रमण, संक्रमणमुक्त ४१ सय ८७ जना
Share this

देशैभर गएको २४ घण्टामा थप दुई हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १३ हजार दुई सय ९० जनाको कोरोना परीक्षण गरिएको छ। ७ हजार ४ सय ४९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ६४ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो समय चार हजार एक सय ८७ जना कोरोना संक्रमण मुक्त भएका छन्।
यस अवधिमा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार पाँच सय ६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
हालसम्म कोरोना संक्रमणबाट पाँच लाख ४० हजार चार सय ३९ जना निको भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
काठमाडौंमा चार सय ४५,भक्तपुरमा १६ र ललितपुरमा ७४ गरी उपत्यकामा जम्मा पाँच सय ३५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

अन्तिम अपडेट: 2021-June-15 समय 6:44 PM

40 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media