स्थायी कमिटी बैठक बस्ने तयारी ओली र माधव नेपाल पक्षको

स्थायी कमिटी बैठक बस्ने तयारी ओली र माधव नेपाल पक्षको
Share this

फुटको संघारमा पुगेको नेकपा एमालेभित्रका दुवै पक्ष केही लचिलो बन्दै गइरहेका छन्। एक अर्काविच मा आरोप प्रत्यारोप गर्दै करिब करिब अलग हुने अवस्थामा पुगेका अध्यक्ष थिए। तर, केपी शर्मा ओली पक्ष र माधव नेपाल–झलनाथ खनाल पक्षबीच फेरी यतिबेला एकताको लागि नेताहरुले पहल गरिरहेका छन् ।
यद्द्यपी माधव नेपाल पक्षकै माग अनुसार प्रधानमन्त्री तथा अध्यक्ष ओली २०७५ साल जेठ २ गते अघिकै स्थायी कमिटीलाई मान्यता दिँदै बैठक बोलाउन सहमत हुनुभएको छ । लामो समयदेखि आफ्ना–आफ्ना पक्षका बैठक बसिरहेकोमा संयुक्त स्थायी कमिटीको बैठकको तयारी भएको ओली पक्षका नेता तथा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठक ठ्याक्कै कहिले बस्छ भन्ने टुंगो नलागे पनि दुवै पक्षका नेताहरुबीच कुराकानी भइरहेकाले एक/दुई दिनमै बैठक बस्न सक्ने ज्ञवालीको भनाई छ । बोली बाराबारको अवस्था अहिले सामान्यतर्फ गइरहेकाले सहमति भएर पार्टी एकता हुन्छ भन्नेमा आशा पलाएको माधव नेपाल पक्षका एक नेताले बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले एमालेको नवौँ महाधिवेशनबाट आएको नेतृत्व खारेज गरेर विभिन्न संगठनमा नयाँ व्यक्ति मनोनित गर्नुभएको छ । माधव नेपाल समूहले यसलाई कुनै हालतमा नमान्ने बताइसकेको छ ।

अन्तिम अपडेट: 2021-June-16 समय 9:41 AM

165 पटक पढिएको
Share this

Leave a Reply

Your email address will not be published. Required fields are marked *