बितेको २४ घण्टामा २ हजार ८ सय २८ जनामा थप काेराेना सङ्क्रमण,३ हजारभन्दा बढी निकाे

बितेको २४ घण्टामा २  हजार ८ सय २८ जनामा थप काेराेना सङ्क्रमण,३ हजारभन्दा बढी निकाे

बितेको २४ घण्टामा देशैभर दुई हजार आठ सय २८ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । आठ हजार ६ सय ८७ जनाकाे आरटी–पीसीआर गर्दा दुई हजार १४ र चार हजार तीन सय ३५ जनाकाे एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय १४ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस सहित नेपालमा आरटी पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख १४ हजार दुई सय १६ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३ हजार दुई सय १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा तीन हजार ८२ जनासहित हालसम्म पाँच लाख ४३ हजार पाँच सय २१ जना काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् ।

त्यस्तै बितेको २४ घण्टा तथा यसअघिको प्राप्त भएकाे विवरणसहित थप ५२ जनाको काेराेना सङ्क्रमणबाट ज्यान गएको छ । यस सहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार पाँच सय ५८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *