सरकारको निर्देशन असार २५ गतेसम्म कर बुझाउन , २५ गतेपछि थप जरिबाना लाग्ने

सरकारको निर्देशन असार २५ गतेसम्म कर बुझाउन , २५ गतेपछि थप जरिबाना लाग्ने

यही असारको २५ गतेसम्म कर बुझाउन सरकारले व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वाेच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो ।
विभागले गत वैशाख, जेठ तथा असार महिनाको कर एबम विवरण असार २५ गतेसम्म तिर्दा कुनै जरिबाना नलाग्ने सूचनामा उल्लेख गरेको छ । वैशाख महिनाको भ्याट विवरण, आयकर, अन्तःशुल्क र गैरकर शीर्षकका कर तिर्ने म्याद पनि असार २५ गते नै तोकिएको छ । २५ गतेसम्म कर नतिरे जरिबाना लाग्ने विभागले जनाएको छ ।
यसअघि सर्वोच्च अदालतले निषेधाज्ञाभर कर उठाउने सूचना ननिकाल्न सरकारको नाममा अन्तरिम आदेश दिएकोमा हिजो भने कर उठाउन सूचना तोक्न सक्ने गरी आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *