कोभिडबाट एकै दिन ब्राजिलमा झन्डै तीन हजार जनाको मृत्यु

कोभिडबाट एकै दिन ब्राजिलमा झन्डै तीन हजार जनाको मृत्यु

कोभिड– १९ को संक्रमणबाट ब्राजिलमा एकै दिन करिब तीन हजार नागरिकको मृत्यु भएको छ।पछिलो २४ घण्टाको अवधिमा २ हजार ९९७ जनाको ज्यान गएको छ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लाे २४ घन्टामा कोभिड–१९ को संक्रमणमा परेका यहाँका २ हजार ९९७ जनाको एकै दिनमा ज्यान गएको हो।

यससँगै ब्राजिलमा कोभिडको महामारीबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ९३ हजार भन्दा बढी पुगेको मन्त्रालयले जनाएको छ। यद्यपि ब्राजिलमा लामो समय पछि यति धेरै मानिसको एकैदिन मृत्यु भएको पाइएको छ। यस सँगै पछिल्ला केही समयमा प्रकोप बढ्दै गएको देखिएको छ।
त्यसैगरी सोही अवधीमा थप ९९ हजार ३६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा अहिलेसम्म १ करोड ७६ लाख ३७ हजार जनाभन्दा बढीमा संक्रमण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरू आइरहेका छन्।
केही समयअघि सम्म अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका थिए। देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओपाओलो रहेको छ। साओपाओलोमा मात्र एक लाख जना भन्दा बढी नागरिकको ज्यान गएको छ।
त्यसैगरी सो राज्यमा करिब ४० लाख भन्दा बढी नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन्। ब्राजिलमा अमेरिकापछि विश्वमै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ।
ब्राजिल भारतपछि सबैभन्दा धेरै नागरिक संक्रमित भएका छन्। केही हप्ता यता यहाँ मृत्यु हुने र संक्रमित हुनेको संख्या घटेको जस्तो देखिए पनि पछिल्ला दिनहरूमा बढेको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *