राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जानुहुँदै
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै हुनुहुन्छ ।
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लाग्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले यही कात्तिक २२ गतेदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गर्नुभएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- खेलकुद२०८० चैत्र १६, शुक्रबारहेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
- समाचार२०८० चैत्र १६, शुक्रबारनयाँ शैक्षिक सत्रका लागि हिमाली जिल्ला म्याग्दीमा भित्रियो नयाँ पाठ्यपुस्तक
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १६, शुक्रबार‘डिग्री माइला’को ट्रेलरलाई मिलियन भ्यूज, अझै ट्रेन्डिङको पहिलो नम्बरमा
- समाचार२०८० चैत्र १६, शुक्रबारमौसम: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने