प्रधानमन्त्री प्रचण्डद्वारा आज सर्वदलीय बैठक आह्वान
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्दैछ । गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न बैठक बोलाउनुभएको हो ।
बैठकमा भूकम्प प्रभावितहरुलाई भैरहेको राहत वितरण र उनीहरुको पुनःस्थापना लगायतका विषयमा छलफल हुने बताइएको छ ।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १६, शुक्रबारबलिउड अभिनेत्री ज्याकलिन नेपाल आइपुगिन्
- समाचार२०८० चैत्र १६, शुक्रबारसर्वोच्चद्वारा काँग्रेस सांसद टेकबहादुर गुरुङमाथिको निलम्बन फुकुवा
- खेलकुद२०८० चैत्र १६, शुक्रबारबागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
- कला, विचार/मनोरञ्जन२०८० चैत्र १६, शुक्रबारसफल ब्यापारका साथ दोस्रो सातामा ‘महाजात्रा’