२ हजार ७ सय ६८ जनामा थप काेराेना पुष्टि, ४ हजार २० जना सङ्क्रमणमुक्त

२ हजार ७ सय ६८ जनामा थप  काेराेना पुष्टि, ४ हजार २० जना सङ्क्रमणमुक्त
Share this

बितेको २४ घण्टामा नेपालमा दुई हजार सात सय ६८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार पाँच सय ५९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार नौ सय ६३ जना र पाँच हजार चार सय ६८ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय पाँच जना गरी दुई हजार सात सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म पीसीआर विधिमार्फत परीक्षण गर्दा ६ लाख १७ हजार नौ सय ४७ जना र एन्टिजेन विधिमार्फत परीक्षण गर्दा २४ हजार आठ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै बितेको २४ घण्टामा चार हजार २० जना काेराेना भाइरसकाे सङ्क्रमणबाट निको भएका छन् । यस सँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच लाख ४९ हजार ६ सय ८२ पुगेको छ ।
बितेको २४ घण्टामा र यसअघिको विवरणसहित ४४ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यस सहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या आठ हजार ६ सय ४१ पुगेको छ
अहिले नेपालमा ५९ हजार ६ सय २४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

अन्तिम अपडेट: 2021-June-18 समय 6:28 PM

166 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com