भारतमा अहिले कोरोनाका दैनिक संक्रमितको संख्या ४२ हजार भन्दा तल

भारतमा अहिले कोरोनाका दैनिक संक्रमितको संख्या ४२ हजार भन्दा तल
Share this

कोरोना भाइरस (कोभिड–१९) का दैनिक नयाँ संक्रमितको संख्या भारतमा ४२ हजारमा झरेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा गएको २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या ९१ दिनयताकै सबैभन्दा कम संख्या हो ।
त्यस्तै बितेको २४ घण्टामा कोरोना संक्रमणको कारण भारतमा १ हजार १६७ जनाको मृत्यु भएको छ । योससँगै भारतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ८९ हजार ३०२ पुगेको छ । त्यस्तै समग्र कोरोना संक्रमितको संख्या २ करोड ९९ लाख ७७ हजार नाघेको छ ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख ६२ हजारमा झरेको छ । बितेको २४ घण्टामा भारतको तामिलनाडु र केरलामा सात हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा कोरोनाका नयाँ संक्रमितको संख्या ६ हजारमा झरेको छ । दिल्लीमा दैनिक एक सयभन्दा कम कोरोना संक्रमित फेला पर्न थालेका छन् ।
भारतमा हालसम्म २८ करोड ८७ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइएको छ

अन्तिम अपडेट: 2021-June-22 समय 3:27 PM

198 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com