नेपालमा कोभिड१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ

नेपालमा कोभिड१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ
Share this

बितेको २४ घण्टामा थप ४ हजार ५२२ जनामा कोरोनभाइरसको संक्रमण पुष्टि भएको छ । १६ हजार ९१३ जनामा परीक्षण गर्दा पीसीआर विधिबाट ३७०३ र एन्टिजेन विधिबाट ८१९ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितहरुमा धौलागिरी अस्पतालबाट पुराना मितिमा भएका परीक्षणहरु एकमुष्ट रुपमा प्राप्त भएकाले प्रतिवेदनमा एकमुष्ट समावेश गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म अहिलेसम्म २८ हजार १२७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
यही अवधिमा थप ४९५४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ५ लाख ६४ हजार ८८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९०.२ प्रतिशत रहेको छ । गएको २४ घण्टामा थप ४१ जनाको मृत्यु भएको छ । अहिलेसम्म ८ हजार ८१३ जनाले कोभिड–१९ बाट ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु दर १.५ प्रतिशत रहेको छ ।

अन्तिम अपडेट: 2021-June-22 समय 5:07 PM

275 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com