कोरोनाकाे तेस्रो लहर आउन सक्ने चेतावनी

कोरोनाकाे तेस्रो लहर आउन सक्ने चेतावनी
Share this

कोरोना भाइरसको तेस्रो लहर भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण आउन सक्ने चेतावनी दिइएको छ । त्यहाँको रहेको स्वास्थ्य मन्त्रालयका अनुसार डेल्टा भाइरसको नयाँ म्युटेन्ट खतरनाक भएर निस्कने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
हालसम्म नेपाल, भारत, अमेरिका, बेलायत, पोर्चुगलसहित डेल्टाको नयाँ म्युटेन्ट विश्वका १० देशमा भेटिएको छ । भारतको महाराष्ट्र, केरला र मध्य प्रदेशमा नयाँ भेरियन्टका बिरामी भेटिएकाले सचेत हुन भनिएको छ । डेल्टा भेरियन्टकै कारण भारतमा कोरोनाको दोस्रो लहर फैलिएको विज्ञले बताउँदै आएका छन् ।
स्वास्थ्य मापदण्ड अपनाए तेस्रो लहरलाई रोक्न सकिने त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् । कोरोना नियन्त्रणका लागि भारतमा अहिले १८ वर्ष भन्दा माथिका सबै नागरिकलाई खोप लगाउने महाअभियान सुरु भएको छ

अन्तिम अपडेट: 2021-June-23 समय 7:17 AM

80 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media