डेल्टा भेरियन्ट दुरत गतिमा फैलिँदै

डेल्टा भेरियन्ट दुरत गतिमा फैलिँदै
Share this

विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोनाको डेल्टा भेरियन्ट दुरत गतिमा फैलिरहेकोे भन्दै यस बारे चिन्ता व्यक्त गरेको छ । यही तुलनामा डेल्टा भेरियन्ट फैलिरहे विश्वमै संक्रमण बढ्ने खतरा भएको डब्लूएचओले जनाएको छ ।
डब्लूएचओका अनुसार हालसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको छ । बितेको दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको पाइएको छ । अहिलेसम्म कोरोनाको अल्फा भेरियन्ट एक सय ७० देशमा, बिटा भेरियन्ट एक सय १९ देशमा र गामा भेरियन्ट ७१ देशमा फैलिएको छ ।
डब्लूएचओले कोरोना भाइरसको संक्रमण फैलाउने अल्फा, बिटा, गामा र डेल्टा भेरियन्टको निगरानी गर्न थालेको जनाएको छ । डेल्टा, अल्फा भेरियन्ट भन्दा तीव्र गतिमा फैलने गरेको पाइएको छ । डेल्टा भेरियन्ट भारत, नेपाल लगायत देशमा भेटिएको छ ।

अन्तिम अपडेट: 2021-June-25 समय 9:28 AM

273 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com