बितेको २४ घण्टामा २ हजार ४ सय ७६ जनामा काेराेना पुष्टि

बितेको २४ घण्टामा २ हजार ४ सय ७६ जनामा काेराेना पुष्टि
Share this

बितेको २४ घण्टामा देशैभर१४ हजार तीन सय ५१ जनाको नमुना परीक्षण गर्दाखेरि दुई हजार चार सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
नाै हजार पाँच सय ८६ जनाको आरटी/पीसीआर परीक्षणमा एक हजार सात सय २१ जनामा सङ्क्रमण भएको पाइएको छ भने चार हजार सात सय ६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा सात सय ५५ जनामा सङ्क्रमण भएकाे पाइएकाे हाे । बितेको २४ घण्टमा नमुना परीक्षण गरिएकामध्ये १७ दशमलव २५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएकाे हाे ।
आज सङ्क्रमण पुष्टि भएकासहित हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३१ हजार एक सय ५२ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३० हजार ६ सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै बितेको २४ घण्टामा पाँच हजार चार सय ५५ जना कोरोना भाइरसकाे सङ्क्रमणबाट मुक्त भएका छन् । यस सँगै नेपालमा काेराेनामुक्त हुनेकाे सङ्ख्या पाँच लाख ७६ हजार चार सय १३ पुगेकाे छ । अहिले निको हुने दर ९१ दशमलव ३ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
त्यस्तै बितेको २४ घण्टामा र प्राप्त विवरणसहित काेराेना सङ्क्रमणका कारण २७ जनाको ज्यान गएको छ । याेसँगै नेपालमा काेराेना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या आठ हजार नाै सय ४५ पुगेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: 2021-June-25 समय 7:10 PM

68 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media