गएको २४ घण्टामा २ हजार ४ सय ४४ जनामा काेराेना सङ्क्रमण पुस्टि, ३ हजार ८ सय ५३ जना निकाे

गएको २४ घण्टामा २ हजार ४ सय ४४ जनामा काेराेना सङ्क्रमण पुस्टि, ३ हजार ८ सय ५३ जना निकाे
Share this

बितेको २४ घण्टामा नेपालमा दुई हजार चार सय ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
६ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय नौ जना र चार हजार नौ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ३५ जना गरी दुई हजार चार सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ३५ हजार एक सय ८८ जना र एन्टिजेन परीक्षणमा ३३ हजार ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै गएको २४ घण्टामा तीन हजार आठ सय ५३ जना काेराेना सङ्क्रमणबाट मुक्त भएसँगै निको हुनेको सङ्ख्या पाँच लाख ८८ हजार एक सय ८७ पुगेकाे छ । हाल नेपालमा ३७ हजार नौ सय ५० जना सक्रिय सङ्क्रमित छन् ।
त्यस्तै काेराेना भाइरसकाे सङ्क्रमणबाट थप ४२ जनाको ज्यान गएसँगै हालसम्म काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ५१ पुगेको छ ।

अन्तिम अपडेट: 2021-June-28 समय 6:31 PM

240 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com