फरक फरक कम्पनीको कोरोना खोप लगाउँदा पनि प्रभावकारी हुने अध्ययनको निष्कर्ष

फरक फरक कम्पनीको कोरोना खोप लगाउँदा पनि प्रभावकारी हुने अध्ययनको निष्कर्ष
Share this

कोरोना भाइरसविरुद्ध लगाइने दुई ओटा खोप फरकफरक कम्पनीको लगाउँदा पनि राम्रो नतिजा आउने एक अध्ययनले त्यसको अनुसन्धान गरेको छ ।
बेलायतमा गरिएको एक अध्ययन अनुसार कोरोना सङ्क्रमणलाई रोक्न एक व्यक्तिले फरक कम्पनीको खोप लगाउन सक्नेछन् । फाइजर र एस्ट्राजेनेकाका खोपमा पहिलो मात्रा एउटा कम्पनी र दोस्रो मात्रा अर्को कम्पनीको लगाउँदा प्रभावकारी देखिएको अध्ययनको निष्कर्ष रहेको छ ।
यस विधिमार्फत रोग प्रतिरोधात्मक क्षमतालाई थप बलियो बनाउने विज्ञहरुको दाबी छ । भ्याक्सिन आपूर्तिको समस्या भएका देशहरुमा यसको प्रयास गर्न सकिने बेलायतका अनुसन्धानकर्ताहरुले बताएका छन् । केही देशमा कोरोनाविरुद्ध खोपको पहिलो मात्रा र दोस्रो मात्रा फरक/फरक कम्पनीका दिन समेत थालिएको छ ।
स्पेन, जर्मनीलगायत देशहरुमा एस्ट्राजेनेकाको पहिलो मात्रा लिएका युवाहरुलाई दोस्रो मात्रा फाइजरको दिइएको छ । यस्तै भारतको उत्तर प्रदेशमा पर्ने सिद्धार्थ नगर जिल्लाको एक प्राथमिक केन्द्रमा पनि पनि केही मानिसमा दुई कम्पनीको खोप दिइएको थियो ।
गएको अप्रिलमा २० जनालाई कोभिष्टेलको पहिलो मात्रा दिइएको थियो भने दोस्रो मात्रा कोभ्याक्सिनको दिइएको थियो । उनीहरुलाई फरक कम्पनीका खोप दिनेबित्तिकै तत्काल अनुसन्धान गर्न आदेश दिइएको बीबीसीले जनाएको छ।

अन्तिम अपडेट: 2021-June-29 समय 7:36 AM

69 पटक पढिएको
Facebook Notice for EU! You need to login to view and post FB Comments!

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media