युरोकप फुटबलको प्रि–क्वाटरफाइनल समीकरण पूरा

युरोकप फुटबलको प्रि–क्वाटरफाइनल समीकरण  पूरा
Share this

युरोपका १२ शहरमा भैरहेको १६ औं संस्करणको युरोकप फुटबलको प्रि– समीकरण क्वाटरफाइनल पूरा भएको छ ।
गए राति भएको स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन अन्तिम आठमा पुगेका छन् । साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्ससहित जर्मनी, नेदरल्यान्ड्स जस्ता उपाधि दाबेदार टिम अन्तिम १६ बाटै बाहिरिएका छन् ।
अन्तिम आठका खेलहरु आउँदो शुक्रबारदेखि सुरु हुनेछ । शुक्रबार राति ९ बजेर ४५ मिनेटमा स्विट्जरल्यान्ड–स्पेन शुक्रबार राति १२ बजेर ४५ मिनेटमा बेल्जियम–इटाली शनिबार राति ९ बजेर ४५ मिनेट चेक रिपब्लिक–डेनमार्क शनिबार राति १२ बजेर ४५ मिनेटदेखि युक्रेन–इंग्ल्यान्डबीच खेल हुनेछ ।

अन्तिम अपडेट: 2021-June-30 समय 6:38 AM

148 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com