एमालेको बैठकमा मन्त्री कृष्णगाेपाल श्रेष्ठकाे राजीनामाको माग

एमालेको बैठकमा मन्त्री कृष्णगाेपाल श्रेष्ठकाे राजीनामाको माग
Share this

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षा तथा स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामाको माग गरिएको छ । नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष एवम् पूर्वमन्त्री जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा माग्नुभएको हो ।
एमालेको नेता तथा मन्त्रीजस्तो व्यक्ति भएर जातीय विभेदकाे आरोप लागेको मान्छेलाई छुटाउन आफूले प्रयोग गर्दै आएको सरकारी गाडी लिएर गएको विषय अशोभनीय भएको पूर्वमन्त्री विश्वकर्माको भनाइ छ । बैठकमा अन्य नेताले पनि मन्त्री श्रेष्ठको आलोचना गरेका थिए ।
यसअघि स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पनि मन्त्री श्रेष्ठले माफी माग्नुपर्ने बताउनुभएको थियो । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत अबदेखि यस्तो काम नगर्न भन्दै मन्त्री श्रेष्ठलाई सचेत गराउनुभएको थियो ।
यसैबीच मन्त्री श्रेष्ठले राष्ट्रिय मानवअधिकार आयोग पुगेर गल्ती महसुस गर्नुभएको छ । आयोगका पदाधिकारीसँग छलफल गर्दै मन्त्री श्रेष्ठले आफूले गल्ती गरेको र अबका दिनमा यस्तो गल्ती नगर्ने बताउनुभएको हो ।
रूपा सुनारमाथि जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी सरस्वती प्रधानलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले गएको ९ गते रिहा गरेको थियो । रिहाइका लागि मन्त्री श्रेष्ठ आफैँ सरकारी गाडीसहित वृत्तमा पुग्नुभएको थियो ।

अन्तिम अपडेट: 2021-June-30 समय 3:25 PM

153 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com