कोरोनाले रोकिएको चलचित्र आँधी तूफान २’को छायाँकन अब सुरु गर्ने तयारी

कोरोनाले रोकिएको चलचित्र आँधी तूफान २’को छायाँकन अब सुरु गर्ने तयारी

निषेधाज्ञा खुकुलो भएसँगै चलचित्र आँधी तुफान २ को छायाँकन शुरु गर्ने निर्माण पक्ष तयारीमा लागेको छ। कोरोना संक्रमण रोकथाम एवं नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण यस चलचित्रको छायाँकन रोकिन गएको थियो ।
असारको २२ गतेभित्र छायाँकन शुरु गर्ने तयारी रहेको चलचित्रका लेखक एवं निर्माता रहेका मौनता श्रेष्ठले जानकारी दिए । चलचित्र ७ दिनमै छायाँकन रोक्नुपरेको थियो निषेधाज्ञा क्रमश खुकुलो बन्दैछ । कलाकारहरुलाई जुटाएर ८–१० दिन भित्रमा छायाँकन शुरु गर्ने तयारी गरेका हौं ।’ उनले काभ्रेको एक गाउँबाट चलचित्रको छायाँकन शुरु गरिने तयारी रहेको बताए ।
आँधी तूफान’को निर्माण यस भन्दा पहिले १४ वर्षअघि गरिएको थियो । महेन्द्र बुढाथोकीको निर्देशन रहेको चलचित्रलाई दर्शकले रुचाएका थिए । सोही चलचित्रको सिक्वेलका रुपमा ‘आँधी तूफान २’निर्माण गर्न लागिएको हो ।
मदन घिमिरेको निर्देशन रहेको आँधी तूफान २’मा आरती आचार्य, सोनी बिसी, याङसु श्रेष्ठ शीर्ष भूमिकामा देख्न सकिने छ । त्यस्तै, रवी गिरी, धुव्र कोईराला, कनिज कोइराला, रुपा केसी लगायतको अभिनय रहनेछ ।

थ्रीलर सस्पेन्स कथामा महिला एक्सनप्रधान चलचित्र बन्न लागेको निर्माण टिमले जनाएको छ । चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, सुरेश अधिकारीको संगीत, कमल राईको नृत्य रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *