नेपालमा अहिले काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३३ हजारमा ओरालो लागो

नेपालमा अहिले  काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३३ हजारमा ओरालो लागो
Share this

नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजारमा ओरालो लागेको छ ।गएको २४ घण्टामा तीन हजार पाँच सय ९७ जना काेराेना सङ्क्रमणबाट छुटकारा भएसँगै निकाे हुनेको सङ्ख्या पाँच लाख ९६ हजार एक सय ३२ पुगेको छ ।

यस सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार पाँच सय ६१ मा ओरालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा काेराेना सङ्क्रमण निकाे हुने दर ९३ दशमलव ३ प्रतिशत रहेकाे छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार आठ सय ९२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक सय ८७ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार आठ सय ८९ र चार हजार तीन सय ८१ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार तीन जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएकासँगै नेपालमा हालसम्म काेराेना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६ लाख ३८ हजार आठ सय पाँच पुगेको छ ।
त्यस्तै काेराेना सङ्क्रमणका कारण थप ४१ जनाको ज्यान गएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार एक सय १२ पुगेको छ ।

अन्तिम अपडेट: 2021-June-30 समय 5:40 PM

263 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com