पुष्प र साम्राज्ञी ‘तिम्रो मेरो साथ’को डबिङमा व्यस्त

पुष्प र साम्राज्ञी ‘तिम्रो मेरो साथ’को डबिङमा व्यस्त

चलचित्र ‘तिम्रो मेरो साथ’को डबिङ धमाधम सुरु भएको छ । निर्माणपक्षले रेड स्टूडियोमा चलचित्रको डबिङ सुरु गरिएको जनाएको छ । रमेश एम के पौडेलको निर्देशनमा तयार भएको यस चलचित्रका कार्यकारी निर्माता सविर श्रेष्ठ हुन् ।
चलचित्रका लागि मुख्य कलाकारहरुमा नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले डबिङ गरेका छन् । यस चलचित्रमा शिव ढकालको छायांकन तथा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । यस चलचित्रलाई पहिले अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका देशहरुमा प्रदर्शन गरिने निर्माणपक्षले जानकारी दिएको छ ।नेपालमा भने दशैं र तिहारको विचमा रिलिज गरिनेछ । बोधी एचडी र आर्यन फिल्मस्को ब्यानरमा बनेको यो चलचित्रमा पुष्प र साम्राज्ञीको साथमा सरोज खनाल, सन्दिप क्षेत्री, खगेश्वर पुन मगरको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *