वायु सेवा निगममा कर्मचारीले तालाबन्दी, प्रहरी र कर्मचारीबीच घम्साघम्सी

वायु सेवा निगममा कर्मचारीले तालाबन्दी, प्रहरी र कर्मचारीबीच घम्साघम्सी
Share this

नेपाल वायु सेवा निगममा कर्मचारीहरुले तालाबन्दी गरेका छन् । निगमलाई निजी कम्पनीमा रूपान्तरण गरेर विस्तार निगम नै खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारीले तालाबन्दी गरेका हुन् ।
कर्मचारीले लगाएको ताला निगम प्रशासनले नेपाल प्रहरी बोलाएर फुटाउन खोजेको थियो तर कर्मचारीले विरोध गरेपछि प्रहरीसँग घम्साघम्सी भएको छ । ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेर आफूहरूलाई तितरबितर पार्न खोजिएको एक कर्मचारीले जानकारी दिएका छन् ।
कम्पनीमा रूपान्तरण गर्नका लागि भन्दै निगमले प्रबन्ध पत्र र नियमावली संशोधन गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ । कर्मचारीहरूले आजै अर्थ मन्त्री विष्णु पौडेलको समेत ध्यानाकर्षण गराएका छन् । कुनै हालतमा पनि निगमलाई निजीकरण गर्न नदिने कर्मचारीको अडान छ ।

निगम सञ्चालक समितिको गएको असार १४ गते बसेको बैठकले निगमको शेयर बेचेर निजीकरण गर्ने प्रस्ताव पारित भएको थियो । प्रस्तावमा ३० प्रतिशत विदेशी कम्पनी, १४ प्रतिशत नेपाली हवाई सेवा वा पर्यटन तथा सर्वसाधारण समूह र पाँच प्रतिशत निगमका वर्तमान र पूर्वकर्मचारीलाई शेयर बेचेर निजीकरण गर्न सकिने उल्लेख छ ।

अन्तिम अपडेट: 2021-July-06 समय 6:15 PM

292 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com