पहिरो खस्दा स्याङ्जाको सिद्धार्थ राजमार्ग अवरूद्ध

पहिरो खस्दा स्याङ्जाको सिद्धार्थ राजमार्ग अवरूद्ध
Share this

आज बिहीबार दिउँसो गएको पहिरोले स्याङ्जाको सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ । दिउँसो सवा २ बजे पुतलीबजार नगरपालिका- ४ गौतमडाँडास्थित सिद्धार्थ राजमार्गमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।
त्यस क्षेत्रमा अविरल झरीका कारण पहिरो गई राजमार्ग अवरुद्ध भएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । अवरुद्ध सडक खुलाउन पुतलीबजार नगरपालिका र सडक विभागसँगको सहकार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

 

अन्तिम अपडेट: 2021-July-08 समय 3:59 PM

40 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media