देशका धेरै भू – भागमा ठूलो वर्षा, केही दिन अझै निरन्तर झरी पर्ने

देशका धेरै भू – भागमा ठूलो वर्षा,  केही दिन अझै निरन्तर झरी पर्ने
Share this

केही दिन अझै पनि निरन्तर झरी पर्ने मौसमविद्ले बताएका छन् ।तत्कालै मौसम खुल्ने सम्भावना भने नदेखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो।
आउँदो तीन दिनसम्म नै हिजो आजको जस्तै झरी पर्ने उहाँले बताउनुभयो । अझै केही दिन देशभर बद्ली रहेर केही ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भने ठूलो पानी पर्नेछ ।
गएको २४ घण्टामा वाग्मती र गण्डकी प्रदेशमा ठूलो पानी परेको छ । बितेको २४ घण्टामा सबैभन्दा धेरै चितवनको गोविन्द बस्तीमा एक सय ६३ दशमलव ८ मिलीमिटर पानी परेको छ भने कल्याणपुरमा एक सय २१ दशमलव २ मिलीमिटर पानी परेको छ ।
अहिले पनि प्रदेश-१ को पहाडी ठाउँ, वाग्मती, गण्डकी, कर्णाली र प्रदेश नम्बर दुईमा पानी परिरहेको छ । आज दिउँसो पनि देशैभर पानी पर्नेछ भने प्रदेश-१, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

अन्तिम अपडेट: 2021-July-09 समय 8:55 AM

121 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल

बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।

Share this
Powered By : Asal Sathi Media