टिकटक प्रतिबन्ध सम्बन्धी रिटमा आज सुनुवाइ नहुने
सरकारले टिकटकमाथि लगाएको बन्देज विरुद्ध दायर भएको मुद्दा सुनुवाइ नहुने भएको छ। सोमबार न्यायाधीश कुमार चुडालको एकल इजलासमा मुद्दाको पेसी तोकिएको थियो।
तर, चुडाल न्यायाधीश नहकुल सुवेदीसहितको संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न नभ्याउने भएपछि सबै मुद्दा हेर्न नभ्याउने सूचीमा परेका हो।
टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वाेच्चमा १० वटा रिट निवेदन दर्ता भएका छन्। गत कात्तिक २७ गते मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
सरकारको यो निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
लेखकको बारेमा
लेखकसँग सम्बन्धित खबरहरु
- समाचार२०८० चैत्र १५, बिहीबारइलाम-२ मा रास्वपाबाट मिलन लिम्बू उम्मेदवार
- समाचार२०८० चैत्र १५, बिहीबारनागढुङ्गा– नौविसे सुरुङमार्ग छिचोल्न आठ मिटर मात्र बाँकी
- समाचार२०८० चैत्र १५, बिहीबारमुगुमा परीक्षा भइरहेकाे हलकाे तस्वीर खिच्न नपाइने
- खेलकुद२०८० चैत्र १५, बिहीबारवर्षाले नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको खेल रद्द