रोनाल्डोले जिते सर्वाधिक गोलकर्ताको गोल्डेन बुट अवार्ड

रोनाल्डोले जिते सर्वाधिक गोलकर्ताको गोल्डेन बुट अवार्ड

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले युरो कप २०२० मा सर्वाधिक गोलकर्ताको अवार्ड तथा गोल्डेन बुट जितेका छन् । पोर्चुगल भने यस पटकको युरो कपको अन्तिम १६ बाटै बाहिरिएको थियो । तर समूह चरणका तीन र अन्तिम १६ का एक गरी प्रतियोगिताका चार खेलमा पाँच गोल गरेका रोनाल्डोले सर्वाधिक गोलकर्ताको अवार्डको दाबेदार भएका छन् ।
बिहान सकिएको युरो कपको उपाधि इटलीले जितन सफल भयो । इङ्ग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पछाडी पार्दै इटलीले दोस्रो पटक उपाधि जितेको हो । यस अघि इटलीले सन् १९६८ मा उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *