कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या नेपालमा सात लाख नाघ्याे

कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या नेपालमा सात लाख नाघ्याे
Share this

नेपालमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख नाघेको छ । हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ५७ हजार एक सय ३९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४४ हजार तीन सय १९ जना गरी कुल सात लाख एक हजार चार सय ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ६ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ९० जना र तीन हजार आठ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै २४ घण्टामा एक हजार एक सय ३३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २१ हजार २७ जना पुगेको छ ।
यस अवधिमा थप १८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसहित कोरोनाका कारण कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार चार सय पुगेको छ ।
हाल नेपालमा २६ हजार सात सय १२ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

अन्तिम अपडेट: 2021-July-12 समय 6:27 PM

287 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com