नेपाललाई १६ लाख डोज खोप जापानले उपलब्ध गराउने

नेपाललाई १६ लाख डोज खोप जापानले उपलब्ध गराउने
Share this

जापान सरकारले नेपाललाई १६ लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । जापानी विदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री तोसिमित्सु मोतेजीले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत एस्ट्राजेनेका कम्पनीको १६ लाख डोज खोप दिने बताउनुभएको छ ।
यस खोपमध्ये अगष्टसम्म नेपाल आइपुग्ने नेपालमा रहेको जापानी दूतावासले जनाएको छ । कोभिसिल्डको पहिलो डोज लगाइसकेकाहरुलाई एस्ट्राजेनेकाको दोस्रो डोज दिन सकिने दूतावासले जनाएको छ । राजदूत किकुता युतुकाले नेपाल र जापानबीच रहेको धेरै लामो मित्रताका कारण खोप उपलब्ध गराइएको र यसले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने दूतावासको भनाइ छ ।
नेपालमा कोरोनाको बढ्दो महामारीका कारण खोपको अत्यन्तै आवश्यकता रहेको विषयलाई जापान सरकारले नजिकबाट हेरिरहेको पनि उहाँले बताउनुभएको छ । नेपालले यसअघि हिजो पनि कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाबाट १५ लाख डोज जोनसन एण्ड जोनसनको खोप पाइसकेको छ ।

अन्तिम अपडेट: 2021-July-13 समय 4:26 PM

156 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com