इद चाड लागि एक बङ्गलादेशमा हप्ता लकडाउन हटाइने

इद चाड लागि एक बङ्गलादेशमा हप्ता लकडाउन हटाइने
Share this

इदका चाड लागि एक हप्ता बङ्गलादेशमा लकडाउन हटाइने भएको छ । इस्लाम धर्मावलम्बीहरूको इद उल अजहालाई ध्यान गरि जुलाई १५ देखि २२ सम्म लकडाउन खुला गर्ने निर्णय भएको हो । इस्लाम धर्मावलम्बीहरूको चाड इद उल अजहा बङ्गलादेशमा यस वर्ष जुलाई २१ सम्म मनाइने भएको छ ।
लकडाउन खुला भए पनि कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनुपर्ने बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले बताएका सिन्ह्वाले जनाएको छ । भीडभाड हुने ठाउँ लगाएत पसलहरू, सपिङ मलमा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ ।
बङ्गलादेशमा बितेको २४ घण्टामा १३ हजार ७ सय ६८ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यो अहिलेसम्म एकैदिनमा सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हो । बङ्गलादेशमा हालसम्म कुल सङ्क्रमितको सङ्ख्या १० लाख ३४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य सेवा महा-निर्देशनालयले जनाएको छ ।

अन्तिम अपडेट: 2021-July-14 समय 7:20 AM

112 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com