आजदेखि दाङमा टिपरका लागि समय तालिका लागू

आजदेखि  दाङमा टिपरका लागि  समय तालिका लागू
Share this

आजदेखि दाङमा टिपरका लागि समय तालिका एबम टाइम कार्ड लागू गरिएको छ । बिहान ८ बजेदेखि साढे १० बजेसम्म, दिउँसो ३ बजेदेखि बेलुकी ५ बजेसम्म र राति १० बजेदेखि बिहान ५ बजेसम्म टिपर चल्न पाउने छैनन्।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले नियम विपरीत भारवहनको दोब्बर बढी चुनढुङ्गा बोक्ने, तीव्र गतिमा कुदाउने, ट्राफिक नियम पालना नगर्ने जस्ता समस्या बारम्बार देखिने गरेकाले समय तालिका अनुसार टिपर सञ्चालन गर्न लगाउने निर्णय भएको हो ।

टिपर व्यवसायी, उद्योगी व्यवसायी, घोराही उपमहानगर र बङ्गलाचुली गाउँपालिका समेतको समन्वयमा समय कार्ड लागू भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । बैठकमा बढी भार बोक्ने टिपरको ढाला काट्ने तथा घोराही र बङ्गलाचुलीले एक–एक वटा धर्मकाँटा निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउने निर्णय समेत भएको छ ।

अन्तिम अपडेट: 2021-July-14 समय 12:44 PM

144 पटक पढिएको

लेखक

बिष्णु प्रसाद बराल
बिष्णु प्रसाद बराल
पोखरामा रहेर पत्रकारिता क्षेत्रमा सक्रिय बिष्णु प्रसाद बराल असल खबरको सहकर्मी हुनुहुन्छ ।
Share this
WP2Social Auto Publish Powered By : XYZScripts.com